
काठमाडौ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध नाराबाजी गर्ने ३ जना जेल चलान भएका छन्।
आइतबार जिल्ला प्रशासन कार्यालयले अभद्र व्यवहारको कसुरमा ५ हजार रुपैयाँ धरौटीमा रिहा हुन आदेश दिएको थियो। तर धरौटी तिर्न नमानेपछि उनीहरूलाई कारागार पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौले जनाएको छ ।
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बाग्लुङका ३० वर्षीय सोम शर्मा र बझाङका १८ वर्षीय विप्लव खड्कालाई प्रहरीले पक्राउ गरेको थियो।
पक्राउपछि उनीहरूलाई अभद्र व्यवहार मुद्दा चलाइएको थियो। अनुसन्धान सकेर प्रशासनमा पेस भएपछि उनीहरुलाई जनही ५ हजार धरौटीमा छाड्न आदेश भएको थियो। तर उनीहरुले धरौटी तिर्न मानेनन्।
प्रतिक्रिया दिनुहोस्