images
images
  • लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्यायो ‘हुन्डाईसँग नयाँ वर्ष २०८०’ योजना

    काठमाडौं- लक्ष्मी इन्टरकन्टिनेन्टल, हुन्डाई टोमोवईल्सको आधिकारीक विक्रेताले आउँदै गरेको नयाँ वर्षलाई मध्यनजर गर्दै ‘हुन्डाईसँग नयाँ वर्ष २०८०’ योजना ग्राहकहरु माझ ल्याएको छ ।

    यो ग्राहकमुखि योजना यही चैत्र १३, २०७९ देखि सुरु भएको छ ।

    उक्त योजनाअन्तर्गत ग्राहकहरुले रु. ५,००,००० सम्मको आकर्षक नगद छुटका साथै गाडीको निर्माण वर्षको आधारमा रु २,००,००० सम्मको छुट, नयाँ वर्ष बोनस रु ८०,००० सम्म र एक्सचेन्ज बोनस रु ८०,००० सम्म जस्ता अकर्शक अफरहरू प्राप्त गर्न सक्नेछन ।

    सो योजनामा ग्राहकहरुले गाडी खरिद गर्दा थप १ वर्षसम्मको निःशुल्क बीमा तथा सवारी करका साथै तुरुन्तै मूल्यांकन तथा एक्सचेन्ज सुविधा पाउनेछन् । सबै हुन्डाई गाडीहरु तीन वर्ष वारेन्टी, ६ वर्षको फ्रिसर्भिसिङका साथै निःशुल्क सडक कर भुक्तानी सहित उपलब्ध हुनेछन् ।

    हुण्डाईले गएको महिना मात्रै ख्भ्ल्ग्भ् र ल्क्ष्इक् फेसलिफ्ट भर्जन लञ्च गरेको थियो । यस स्किमबाट हुण्डाईको कुनै पनि ज्बतअजदबअप, ऋयmउबअत क्ग्ख्, क्ग्ख् तथा भ्ख् गाडी खरिद गरी फाइदा लिन सक्नेछन् ।

    लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभर १७ शोरुमहरु तथा १९ सर्भिस सेन्टरहरुमार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुन्डाई मोटर कम्पनी विश्वकै पाँच ठूला अटोमोबाइल उत्पादक मध्येमा पर्दछ ।

    यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरी करोडौँ ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकहरुको आवश्यकता र रुचिलाई ध्यानमा राखी हरेक वर्ष यस्ताग्राहकमुखी अफर ल्याइरहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images