हुम्ला । हुम्लाको चंखेली गाउँपालिकाका स्वास्थ्य संयोजक कालीबहादुर बुढामाथि शिक्षक अम्रित रोकायाले कुटपिट गरेको घटनाको अनुसन्धान गर्न प्रहरी निरीक्षकको टोली सदरमुकाम सिमकोटबाट घटनास्थलतर्फ गएको छ।
घटनाको वास्तविकता बुझ्न प्रहरीको टोली त्यसतर्फ लागेको हो। दिनहुँ उपचार गर्न किन नआएको भन्दै उनीमाथि हातपात भएको हो।
शुक्रबार जिल्ला प्रशासन कार्यालयले एक विज्ञप्ति निकालेर घटनाका सम्बन्धमा सत्य तत्थ्य बुझ्न प्रहरी निरीक्षकको नेतृत्वमा सात जना प्रहरी पठाएको र टोलीले घटनाका बारेमा बुझेपछि आवश्यक कदम चालिने जनाएको छ।
कोरोना संक्रमित श्रीमतीको उपचार गर्न नआएको भन्दै चंखेली गाउँपालिकाका स्वास्थ्य संयोजक कालीबहादुर बुढालाई शिक्षक अम्रित रोकायाले हातपात गरेका थिए।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















