images
images
  • मेयर बालेन साहविरुद्ध ‘सुकुम्वासी’को प्रर्दशन

    काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध प्रर्दशन गरिएको छ।

    सुकुम्वासीलाई उठिबास लगाउन लागेको भन्दै मेयर बालेनविरुद्ध सोमबार माइतीघर मण्डलादेखि नयाँबानेश्वरसम्म विरोध प्रदर्शन भएको हो।

    काठमाडौं महानगरपालिकाले नदी किनारामा रहेका सुकुम्वासी बस्ती हटाउन उर्दी जारी गरेपछि उनीहरु आन्दोलित हुँदै आएका छन्।

    आन्दोलनका क्रममा पक्राउ परेका भूमि अभियन्तालाई निःसर्त रिहा गर्नुपर्ने, उनीहरूमाथि लगाइएका सबै झुटा मुद्दा खारेज गर्नुपर्ने, आफूलाई लालपूर्जा दिनुपर्ने लगायतका मागसहित सोमबार पनि उनीहरुले प्रदर्शन गरेका हुन्।

    आफूहरुलाई उठिबास लगाउने काममा मेयर साह लागेपछि त्यसको विरोधमा सुरु गरिएको प्रर्दशनलाई निरन्तरता दिनु परेको संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा, नेपालका अध्यक्ष कुमार कार्कीले बताए। उनले संविधान, कानुन विपरित भूमिहिनहरुलाई जग्गाधनी पूर्जा दिनुको साटो उठिबास लगाउने प्रयास काठमाडौं महानगरपालिका र मेयर साहले गरिरहे कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिए।

    विरोध प्रर्दशनमा पक्राउ परेका भूमि अभियन्ताहरुलाई निःशर्त रिहा गर्न, उनीहरुमाथि लगाइएको सबै झुटा मुद्धा खारेज गर्नुपर्ने मागसहितको नाराबाजी गरिएको थियो।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images