काठमाडौं- नेपाल प्रहरीका चार जना डीआईजीहरु एआईजीमा बढुवाका लागि सिफारिसमा परेका छन् ।
गृह मन्त्रालयको बढुवा समितिको सचिवालयका अनुसार सन्दीप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङ बढुवाका लागि सिफारिसमा परेका हुन् ।
६८.४६१२ नम्बर सहित सन्दिप बढुवा सिफारिसको पहिलो नम्बरमा छन् । दोस्रो नम्बरमा सिफारिसमा परेका सुदिपको ६८.२११२ नम्बर छ ।
तेस्रो नम्बरमा सिफारिसमा परेकी मिराको ६७.८३०६ र चौथो स्थानमा रहेका टेकबहादुरले ६७.६९७३ नम्बर पाएका छन् ।
यसअघि गत असार १४ गते डीआईजीमा बढुवा हुँदाको वरियता अनुसार नै एआईजी बढुवा गरिएको हो। असारमा १७ जना एकसाथ डीआईजीमा बढुवा भएका थिए।
उनीहरूभन्दा अघिल्लो वरियतामा रहेका वसन्त कुँवर आईजीपी भइसकेका छन्। टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य एआईजी भइसकेका छन्।
चैत ११ गतेदेखि एआईजीहरु सहकुल थापा, उत्तमराज सुवेदी र दिवेश लोहनी अवकास भएपछि र कुँवर आईजीपीमा पदोन्नती भएपछि नेपाल प्रहरीमा चार एआईजी रिक्त भएको थियो।
नेपाल प्रहरीमा जनजपदतर्फ ८ एआईजीको दरबन्दी छ।























