images
images
  • सुन-चाँदीको मूल्यघट्यो, कतिमा हुँदैछ कारोबार ?

    कठमाडौं- नेपाली बजारमा आज सुन–चाँदीको मूल्य घटेको छ ।

    आइतबार प्रतितोला ६ सय रुपैयालेँ घटेको सुनको भाउ सोमबार प्रतितोला २ सय रुपैयाँ घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ५सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    सोमबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images