images
images
  • विश्व बैंकले नेपाललाई १५ अर्ब ८४ करोड सहयोग गर्ने

    काठमाडौं- विश्व बैंकले नेपालको शैक्षिक सुधारका लागि १५ अर्ब ८४ करोड रूपैयाँ सहयोग गर्ने भएको छ। १ सय २० मिलियन अमेरिकी डलर अनुदान स्वीकृत गर्ने निर्णय भएको विश्व बैंकले जनाएको छ।

    बैंकको कार्यकारी निर्देशकको बोर्डले गत शुक्रबार नेपालको शिक्षा क्षेत्रमा कार्यक्रमका लािग उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो।

    विद्यालय क्षेत्र रूपान्तरण कार्यक्रम विद्यालय शिक्षा सुधारमा आधारित छ। विषयगत शिक्षकहरू सुनिश्चित गर्दै गुणस्तरीय शिक्षामा ध्यान केन्द्रित गर्न यो कार्यक्रमले सघाउने विश्वास गरिएको छ। शिक्षाको गुणस्तर र समतामूलक पहुँच सहयोग पुग्ने विश्व बैंकका देशीय निर्देशक फारिस हदाद जेर्भोसले बताएका छन्।

    सामाजिक र आर्थिक रूपमा कमजोर समुदायको सहभागितामा समतामूलक अवस्था सिर्जना गर्ने र कक्षा ६ देखि कक्षा ८ सम्म पछि परेका समुदाय वा विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नेजस्ता कार्यक्रम यसमा समेटिएका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images