images
images
  • सुनको भाउ घट्यो, आज कतिमा हुदैछ कारोबार ?

    काठमाडौं- नेपाली बजारमा आइतबार सुनको मूल्य ६०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य १० रुपैयाँले बढेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ६०० रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँ कायम भएको छ ।

    यसैगरी तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ७ रुपैयाँमा कारोबार भइरहेको छ।

    शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

    त्यसैगरी, आइतबार चाँदीको मूल्य १० रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।

    शुक्रबार चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images