
काठमाडौं- बिहीबार पनि सेयर बजार ओरालो लागेको छ । नेप्से परिसूचक १८.१५ अंकले घटेर १९१५.१४ बिन्दुमा आएर रोकिएको छ ।
बिहान ११ बजे बजार खुलेयता पौने १ बजेसम्म ओरालो लागेको सूचक त्यसपछि केही उकालो लागेको थियो। तर बन्द हुनुअघि पुनः घटेको थियो।
योसँगै ३० कम्पनीको सेयर बढेको छ भने १७९ वटाको घटेको र ६ वटाको उही मूल्यमा कारोबार भएको छ।
आज बजारमा २५९ कम्पनीको ४३ लाख कित्ता सेयर बिक्री भएका छन्।
मंगलबार १ अर्ब ३३ करोडको कारोबार भएको बजारमा बिहीबार बढेर कारोबार १ अर्ब ४१ करोड ३२ लाख पुगेको छ । कुल २९ हजार ६८५ वटा कारोबारमा ४३ लाख ४० हजार २७० कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।
आज माया खोला हाइड्रोका लगानीकर्ताले १० प्रतिशत, एसियन हाइड्रोपावरका लगानीकर्ताले ९.९७ प्रतिशत कमाएका छन् भने युनिक नेपाल लघुवित्तका सेयरधनीले ७.४६ प्रतिशत गुमाएका छन्।
बिहीबार बजारमा एनआईसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । बैंकको करिब २१ करोड ७५ लाखको कारोबार हुँदा सिद्धार्थ बैंकको ८ करोड ३६ लाखको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्