images
images
  • निसान गाडी किन्न नबिल बैंकले कर्जा दिदै

    काठमाडौं- निसानको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले बिक्री गर्दै आएको गाडीमा नबिल बैंकले कर्जा दिने भएको छ।

    बैंक र पायोनियबीचको सम्झौताअनुसार अब निसान गाडी खरिद गर्ने ग्राहकले नबिल बैंकबाट सजिलै कर्जा लिन सक्नेछन्।

    सम्झौतापत्रमा बैंकको तर्फबाट कर्पोरेट हेड चाँदनी श्रेष्ठ र पायोनियरको तर्फबाट सहमहाप्रबन्धक ज्ञानेन्द्रबहादुर चन्दले हस्ताक्षर गरेका छन्।

    नबिल बैंकका सबै २ सय ४८ शाखाबाटै कर्जा पाइने जनाइएको छ। कर्जामा इभी गाडीको खरिदमा बेसरेटमा ३.५० प्रतिशत र अन्यमा बेसरेटमा ५ प्रतिशत थप ब्याजदरमा ऋण उपलब्ध हुनेछ। बैंकका अनुसार २० प्रतिशत डाउन पेमेन्टमा ७ वर्षका लागि कर्जा पाइनेछ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images