images
images
  • सगरमाथा हाइड्रोपावरको ‘आईपीओ’ खुला

    काठमाडौं- सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले ८ चैत बुधबारदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो ।

    कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट पश्चात् सर्वसाधारणका लागि आईपीओ निष्कासन खुला गरेको छ ।

    कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा जारी पुँजी एक अर्ब १२ करोड रुपैयाँको ४९ प्रतिशतले हुन आउने ५४ करोड ८८ लाख रुपैयाँ बराबरको ५४ लाख ८८ हजार कित्ता साधारण सेयर सार्वजनिक निष्कासन गर्ने अनुमति पाएको थियो ।

    जसमध्ये जारी पुँजीको १० प्रतिशतले हुन आउने ११ करोड २० लाख रुपैयाँ बराबरको ११ लाख २० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।

    यस्तै सर्वसाधारणको लागि जारी पुँजीको ३९ प्रतिशतले हुन आउने ४३ करोड ६८ लाख रुपैयाँ बराबरको ४३ लाख ६८ हजार कित्ता सेयरमध्ये १० प्रतिशतले हुन आउने ४ लाख ३६ हजार ८०० कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।

    यस्तै ५ प्रतिशत अर्थात २ लाख १८ हजार ४०० कित्ता सामूहिक लगानी कोषहरूका लागि र ३ प्रतिशत अर्थात एक लाख ३१ हजार ४० कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरेको छ । सर्वसाधारणले बाँकी रहेको ३५ लाख ८१ हजार ७६० कित्ताका सेयरका लागि आवेदन दिन सक्नेछन् ।

    कम्पनीको आईपीओमा छिटोमा १२ चैत र उक्र अवधिमा माग अनुसार आवेदन नपरेमा भने आवेदन दिने अवधि २२ चैतसम्म थप हुने कम्पनीले जनाएको छ । उक्त आईपीओमा न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

    कम्पनीले आईपीअनो निष्कासको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सि–आस्बा स्वीकृती प्राप्त बैंक तथा वित्तीय संस्थाहरु र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images