images
images
  • सानिमा मिडिल तमोरको आईपीओ बाँडफाँट

    कठमाडौं- सानिमा मिडिल तमोर हाइड्रोपावरको प्राथमिक निष्काशन (आईपीओ) बाँडफाँट भएको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताको लागि जारी गरेको आईपीओ बाँडफाँट गरेको हो।

    कम्पनीले फागुन २६ गतेदेखि ३० गतेसम्म प्रतिकित्ता १०० अंकित मूल्यका ४२ लाख ४८ हजार ९ सय ३८ कित्ता सेयर निष्काशन गरेको थियो ।

    सो सेयरमा कुल १३ लाख ५६ हजार ३ सय ४१ जना आवेदकबाट १ करोड ५० लाख ८८ हजार ८ सय ८० कित्ताको लागि परेको थियो ।

    ७ हजार ९ सय ९९ जनाको आवेदन रद्द भएकोले कुल योग्य आवेदकको संख्या १३ लाख ४८ हजार ३ सय ४२ जना मात्र रहेको क्यापिटलले जनाएको छ ।

    मागभन्दा बढीको आवेदन परेकोले योग्य रहेका १३ लाख ४८ हजार ३ सय ४२ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराएर सेयर बाँडफाँट गरिएको छ।

    यसअनुसार ४ लाख २४ हजार ८ सय ९३ जनाले शेयर पाएका छन् । यी मध्ये ८ जनाले ११ कित्ता सेयर पाएका छन् भने बाँकीले १० कित्ताको दरले सेयर पाएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images