images
images
  • वर्ल्डलिङ्कमा ‘बीआईआइ’ र ‘डीआईएफ’ फण्डको २ अर्ब लगानी

    काठमाडौं- नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिङ्कले बेलायत सरकारको विकास वित्त संस्था एवं लगानीकर्ता ब्रिटिश इन्टरनेसनल इन्भेष्टमेन्ट (बीआईआई) र डोल्मा इम्प्याक्ट फण्ड (डीआईएफ आईआई) मार्फत एक अर्ब ९८ करोड रुपैयाँ बराबरको संयुक्त लगानी प्राप्त गरेको छ ।

    सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा वर्ल्डलिङ्कले यो रकम लगानीस्वरुप पाएको जानकारी दिइयो ।

    बीआईआईबाट ८.४ मिलियन डलर अर्थात् एक अर्ब आठ करोड नेपाली रुपैयाँ तथा डोल्मा इम्प्याक्ट फण्डबाट ६.९ मिलियन डलर अर्थात् ९० करोड नेपाली रुपैयाँ बराबरको लगानी वर्ल्डलिङ्कले प्राप्त गरेको हो । यो नेपालको इन्टरनेट क्षेत्रकै सबैभन्दा ठूलो लगानी भएको बताइएको छ ।

    सन् २०१९ को अक्टोबरमा १२ मिलियन डलर अर्थात् एक अर्ब ३५ करोड नेपाली रुपैयाँ बराबरको ब्रिटिश इन्टरनेसनल इन्भेष्टमेन्टबाट कम्पनीले लगानी पाइसकेको छ । यसअघिको लगानी र हालको लगानी गरी कम्पनीमा २७.२ मिलियन डलर अर्थात् तीन अर्ब ३३ करोड बराबरको लगानी पुगेको छ, जुन इन्टरनेट सेवा उद्योगमा अहिलेसम्मकै सबैभन्दा उच्च हो ।

    वर्ल्डलिङ्कमा हाल साढे सात लाख बढी ग्राहक छन् । साथै यो कम्पनी देशको सबैभन्दा ठूलो रोजगार प्रदायक पनि हो । हाल वर्ल्डलिङ्कमा साढे पाँच हजार कर्मचारी छन् ।

    ब्रिटिश इन्टरनेसनल इन्भेष्टमेन्ट र डोल्मा इम्प्याक्ट फण्डको लगानीले थप एक हजार रोजगारी सिर्जना गर्ने बताइएको छ । साथै कर्मचारीहरूको सीप अभिवृद्धिका लागि तालिमसमेत प्रदान गरिने छ ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images