images
images
  • नेप्से परिसूचक २२.६५ अङ्कले वृद्धि

    काठमाडौं- लगातार घट्दो क्रममा रहेको सेयर बजार आज दोहोरो अङ्कले उकालो लागेको छ। साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक २२.६५ अङ्कले उकालो लागेर १९४९.०६ अंकमा बन्द भएको छ ।

    ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ९७ अङ्कले उकालो लागेर ३ ६६.२३ मा पुगेको छ। कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ।

    कूल ५२ लाख ५५ हजार ८६ कित्ता शेयर एक अर्ब २९ करोड ८५ लाख ८३ हजार नौ सय ८८ मूल्यमा खरिद बिक्री भएका छन्।

    नेप्सेका अनुसार कारोबारका आधारमा आइएमई जनरल इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा छ। सो कम्पनीको सात करोड ६३ लाख ९२ हजार चार सय ४२ बराबरको कारोबार भयो।

    साथै एनआइसी एशियाको ६ करोड १९ लाख ९५ हजार ९२२, सिटिजन बैंकको संस्थापक शेयर पाँच करोड ८५ लाख २७ हजार एक सय, शिवम् सिमेन्ट चार करोड १३ लाख ७७ हजार ५०२ र हिमालयन डिस्टिलरी ३ करोड ४२ लाख ६२ हजार ८२० बराबरको शेयर कारोबार भएको छ।

    आजको कारोबारमा युनिक नेपाल लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ। न्यादी हाइड्रोपावर सात दशमलब ७३,नयाँ सारथी लघुवित्त छ दशमलव १८, मानुषी लघुवित्त ५.६७ र विन्दवासिनी हाइड्रोपावरको शेयर मूल्य चार दशमलव ७७ प्रतिशतले बढेको छ।

    साथै सपोर्ट माइक्रोफाइनान्स पाँच दशमलव ३६, स्वाभिमान लघुवित्त चार दशमलव ७२, सानिमा ग्रोथ स्किम चार दशमलव ४५, विन नेपाल लघुवित्त चार दशमलव शून्य आठ र लक्ष्मी इक्विटी फण्डको शेयर मूल्य तीन दशमलव ८५ प्रतिशतले घटेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images