images
images
  • मुख्यमन्त्री कार्कीको गाडीमाथि आक्रमण, आन्दोलनकारीद्धारा तोडफोडको प्रयास

    विराटनगर- ‘कोशी’ प्रदेशको विरुद्ध आन्दोलनरत पहिचानपक्षधरले मुख्यमन्त्री हिक्मत कार्कीको गाडीमाथि आक्रमण गरेका छन्। मुख्यमन्त्री कार्की चढेको गाडीमा तोडफोडको प्रयास भएको छ ।

    सोमबार सिद्धिचरण नगरपालिका ११ गोरूमारे भन्ज्याङमा आन्दोलनकारीले तोडफोडको प्रयास गर्नुका साथै मन्त्रीको गाडीमा प्रयोग हुने झण्डासमेत झिकिदिएका हुन् ।

    कोशी प्रदेश नामांकनको विरोधमा उत्रिएका प्रदर्शनकारीहरूले मुख्यमन्त्रीलाई कालो झण्डासमेत देखाएका थिए ।

    कोशी प्रदेश नामकरणको विरोध गर्दै नेपाल आदिवासी जनजाति महासंघ, किरात राई यायोक्खा लगायत पदाधिकारीहरुले मुख्यमन्त्री विरूद्ध प्रदर्शन गर्दै आएका छन् ।

    मुख्यमन्त्री कार्की भने आइतबारदेखि ओखलढुङ्गामा छन् । सोमबार उनी सिद्धिचरण नगरपालिका १ मा एक कार्यक्रमका लागि हिँडेका बेला अवरोधसहित उनी सवार गाडीमा तोडफोड प्रयास भएको हो ।

    कोशी प्रदेशका विभिन्न स्थान साथै संघीय राजधानी काठमाडौंमा पनि पहिचान पक्षधरहरूले कोशी नामकरणको विरोध गर्दै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images