काठमाडौं- सुनको मूल्य आज नेपाली बजारमा अहिलेसम्मकै उच्च मुल्यमा किनबेच भइरहेको छ।
शुक्रबार छापावाला सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर १ लाख ७ हजार एक सय रुपैयाँ पुगेको हो।
यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा चार सय रुपैयाँ बढेको छ। आज तेजावी सुन तोलाको १ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसअघि गत फागुन १२ सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ९ सय रुपैयाँ पुगेको थियो।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















