images
images
  • ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

    काठमाडौं- नेपाली बजारमा सुनको मूल्य आज फेरी ह्वात्तै बढेको छ ।

    आज तोलामा १ हजार रुपैयाँले बढेर तोलामा १ लाख ६ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    त्यस्तै, आज तेजाबी सुनको मूल्य पनि एक हजार रुपैयाँले बढेर १ लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    बुधवार छापावाला सुन प्रतितोला १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा ५ रुपैयाँले मात्रै बढ्दै आज तोलामा १ हजार ३ सय ५ रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images