images
images
  • नेप्सेमा १४ अंकको गिरावट, १ अर्ब २० करोडको कारोबार

    काठमाडौं- साताको सुरुवाती दुई कारोबार दिन घटेर मंगलबार एकल अंकको सामान्य वृद्धि भएको नेप्से बुधबार पुनः ओरालो लागेको छ ।

    साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से १४.४४ अंकले गिरावट हुँदा १९३८.६२ अंकमा बन्द भएको छ ।

    ११ बजे खुलेको बजार निरन्तर घटे पनि २ बजेपछि पौने ३ सम्म उकालो लागेको थियो। तर पुनः ओरालो लागेर नेप्से उक्त विन्दुमा थामिएको हो।

    योसँगै २५३ कम्पनीको ३७ लाख कित्ता सेयर बिक्री भएको छ। दिनभरिमा २५ हजार ४ सय ९१ पटक खरिदबिक्री हुँदा कारोबार रकम १ अर्ब २० करोड रुपैयाँ पुगेको छ।

    योसँगै ५१ कम्पनीको सेयर बढेको छ भने १४९ कम्पनीको घटेको छ। १४ वटाको भने उही मूल्यमा कारोबार भएको छ।

    आज युनिक नेपाल लघुवित्त र शुभम् पावर कम्पनीको सेयर ९.९९ प्रतिशतले सेयर बढ्दा लगानीकर्ताले कमाएका छन्। अन्य लगानीकर्ताले खासै कमाउन सकेनन्।

    गुमाउने लगानीकर्ताले आज अधिकतम ५.९० प्रतिशतसम्म गुमाएका छन्। आज एनआईसी एसिया बैंकको १० करोडको सर्वाधिक कारोबार भएको छ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images