काठमाडौं- साताको कारोबारको पहिलो दुई दिन लगातार उच्च अंकको गिरावट देखिएको सेयर बजारमा आज भने झिना अंकको सुधार देखिएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १. ८५ अंकले बढेर १९५३. ०६ अंकमा कायम भएको छ ।
आज २५५ कम्पनीको ३३ लाख १८ हजार १०८ कित्ता शेयर २६ हजार ४७३ पटक खरिदबिक्री हुँदा १ अर्ब १३ करोड ५९ लाख २५ हजार बराबरको कारोबार भएको छ ।
यसदिन बैंङ्किङ,उत्पादन तथा प्रशोधन,लघुवित्त,म्युचुअल फन्ड र व्यापार समूहको उपसूचक घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ । बैंकिङ समूह ३.९५,उत्पादन तथा व्यापार समूह २३.३८,लघुवित्त समूह १४. ४५,म्युचुअल फन्ड ०. ०३ र व्यापार समूह ५० .३७ अंकले घटेको नेप्सेले जनाएको छ ।
आज जीवन बीमा समूहको उपसूचक ४६ .६१ अंकले बढेको छ भने विकास बैंक समूह १२.८८ अंकले बढेको छ । त्यस्तै, होटल तथा पर्यटन समूह १९ .९५,जलविद्युत् समूह १८. ९५,लगानी समूह ०.४४, जीवन बीमा समूह ६. ८८ र अन्य समूह ६ . २१ अंकले बढेको छ ।
आज युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने एनआइसी एशिया ब्यालेन्स फन्डको शेयर मूल्य प्रतिकित्ता ५.६४ प्रतिशतले घटेको छ ।
कारोबार रकम र शेयर सङ्ख्याका आधारमा एनआइसी एसिया बैंक सबैभन्दा अगाडि देखिएको छ । एनआइसी एसिया बैंकको सबैभन्दा धेरै १० करोड ४८ लाख २४ हजार १२५ रुपैयाँ बराबरको १ लाख ३६ हजार ७ ३३ कित्ता शेयर किनबेच भयो।


विश्व खबर 



















