images
images
  • प्रतितोला १६ सयले बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

    काठमाडौं- नेपाली बजारमा सुनको मूल्य बढेको छ । मंगलबार सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ७०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार २०० रुपैयाँ कायम भएको छ।

    यसअघि सोमबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको थियो। सोमबार छापावाल सुन प्रतितोला १ लाख ४ हजार १०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो।

    मंगलबार चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३०० रुपैयाँ कायम भएको छ। यसअघि सोमबार चाँदी प्रतितोला १ हजार २५५ रुपैयाँमा किनबेच भएको थियो।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images