images
images
  • बिकास बैंकहरुले घटाए ब्याजदर

    काठमाडौं- बदलिदो परिस्थीतिलाई ध्यान दिएर अन्ततः विकास बैंकहरुले ब्याजदर घटाउने निर्णयमा पुगेका छन ।

    डेभलपमेन्ट बैंकर्स एशोसिएसनको सोमवार बसेको बैठकले चैत १ अर्थात देखि लागू हुने गरी बैठकले मुद्दति निक्षेपको ब्याजदर अधिकतम ०.२५ प्रतिशतसम्म घटाउने निर्णय गरेको हो ।

    जस अनुसार चैत १ गतेदेखि १ वर्ष वा सोभन्दा बढी अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ११.६० प्रतिशत कायम गरिएको छ भने एकवर्ष वा सोभन्दा कम अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर भने घटेर ११.५० प्रतिशतमा झार्ने निर्णय गरिएको छ ।

    उता, चैतमा संस्थागत मुद्दति निक्षेपको ब्याजदर घटाएर ९.५० र रेमिट्यान्समा १२.५० प्रतिशत ब्याजदर कायम गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images