images
images
  • सिबिआईएल क्यापिटल अब सिटिजन्स् क्यापिटल

    काठमाडौं- सिबिआईएल क्यापिटल लिमिटेडले नाम परिवर्तन गरी सिटिजन्स् क्यापिटल लिमिटेड राखेको छ।

    कम्पनीको चौथौ विशेष साधारणसभाले पारित गरेको निर्णय अनुसार सिबिआईएल क्यापिटल लिमिटेडले प्रचलित नियमहरूको पालना गर्दै आफ्नो नाम परिवर्तन गरी सिटिजन्स् क्यापिटल लिमिटेड राखेको हो।

    नयाँ नामँंगै नयाँ ढंगले ग्राहक वर्गमा विषेश योजनाहरू सहित प्रस्तुत हुन लागेको यस संस्थाको नाम परिवर्तनले संस्थाको ब्रान्डिङलाई थप सशक्त बनाउने सिटिजन्स क्यापिटलको विश्वास रहेकोे छ।

    यससँगै संस्थाले नयाँ योजनाहरू पनि ल्याएको छ। योजना अनुसार वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका नेपालीहरूलाई आइपिएल भरिदिने विशेष पिएमएस सेवा, डाक्टर पेशामा आवद्ध तथा अन्य पेशा/क्षेत्रबाट सेवा निवृत्त व्यक्तित्वहरूलाई लक्षित गरी विभिन्न योजना साथै लगानी व्यवस्थापन सेवामा निश्चित प्रतिफल दिने योजना संस्थाको फेसबुक पेज मार्फत सार्वजानिक गरेको छ। साथै नाम परिवर्तनको उपलक्षमा सो सेवा लिन चाहने पहिलो ५० ग्राहकहरूलाई वार्षिक सञ्चालन शुल्कमा पचास प्रतिशत छुटको पनि व्यवस्था गरेको संस्थाले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images