images
images
  • आइएमई पे र मेटलाइफ इन्सोरेन्सबीच सम्झौता

    काठमाडौं- आइएमई पे र मेटलाइफ इन्सोरेन्सबीच सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार मेटलाइफ इन्सोरेन्सका सेवाग्राहीहरूले इन्सोरेन्स पोलिसी नवीकरणवापतको शूल्क आइएमई पे मार्फत भुक्तानगर्न सक्ने छन् ।

    सम्झौतापत्रमा आइएमई पेको तर्फबाट प्रमुखव्यापार अधिकृत प्रमोदमान सिंह बस्नेत र मेटलाइफको तर्फबाटअपरेसन विभागकाप्रमुख देवकुमार लालले हस्ताक्षर गरेका छन् ।

    नेपालको पहिलो भुक्तानी सेवाप्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीयभुक्तानी सेवाप्रदायक हो । आइएमई पेआइएमई ग्रुपअन्तर्गतको डिजिटल वित्तिय सेवाप्रदायकअन्तर्गतको एक उत्पादनहो । नेपाल राष्ट्र बैंकको भुक्तानीतथा फर्छ्यौट्ट विनियमावली–२०७२ बमोजिम आइएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवाप्रदानगर्ने पहिलो कम्पनी हो ।

    आइएमई पे मोबाईल वालेटमार्फत सेवाग्राहीआफैले अथवाएजेन्टहरुकोमार्फत विभिन्नकिसिमको भुक्तानीकार्यहरु गर्न सक्नेछन । यसले व्यक्ति–व्यक्तिबीचमाहुने सामान्य रकम ट्रान्स्फर गर्ने सुबिधादेखि लिएर विभिन्नअनलाइनतथा स्थलगत स्टोरहरुमा क्यूआर स्कान गरी भुक्तानगर्ने, मोबाईल रिचार्ज गर्ने, र विभिन्न घरायसि तथाकार्यालयकाबिलहरु भुक्तानगर्न मिल्ने सेवाप्रदानगर्दै आइरहेको छ ।

    यस मोबाईल वालेटमा ब्याजतथाविभिन्नक्यासब्याकहरुको पनि सुबिधाउपलब्ध छ । आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुबिधाबाट वञ्चित नेपालीतथान्यून बैंकिङ सुबिधाप्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तिय सेवाहरुको पहुँचउपलब्ध गराएर नेपालको वित्तिय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्यलिएको छ । ४ण्लाखभन्दा बढीग्राहकहरुलाई सिधै मोबाईल वालेट एपतथाएजेन्टहरु मार्फत आइएमई पेले विद्युतीयभुक्तानी सेवाप्रदानगर्न सफल छ ।

    संयुक्त राज्य अमेरिकामा दर्ता भएको अमेरिकन लाइफ ईन्स्योरेन्सको शाखाको रुपमा मेटलाइफ सन् २००१ देखि नेपालमा सञ्चालनमा आएको हो । नेपालमा मेटलाइफले उपभोक्ता तथा व्यवसायहरुलाई जीवन बीमा, दूर्घटना तथा स्वास्थ्य बीमा, र कर्मचारी लाभ (समूहबीमा)जस्ता सुविधाहरु प्रदानगरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images