images
images
  • नेप्समा २६.८० अंकको गिरावट, १ अर्ब ६६ करोडको कारोबार

    काठमाडौं- साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा २६ अंकले गिरावट आएको छ। नेप्से परिसूचक २६.८० अंकले घटेर १०७५.८९ विन्दुमा अडिएको छ।

    सेन्सेटिभ इण्डेक्स ५.५५ अंकले ओरालो लागेको छ। आज कारोबारमा आएका १३ वटै उपसमूहको सूचक घटेका छन्।

    दोहोरो अंकले ओरालो लागेको सेयर बजारमा १ अर्ब ६६ करोड ६९ लाख ३१ हजार ५१० रूपैयाँको सेयर खरिदबिक्री भयो। २६० कम्पनीको ४७ लाख ७२ हजार १४० कित्ता सेयर किनबेच भयो।

    यसदिन शुभम पावरको सेयर मूल्य १० प्रतिशत हाराहारीले बढ्यो। कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्षस्थानमा रह्यो। सो कम्पनीको ८ करोड २१ लाख बढिको सेयर कारोबार भयो।

    यस्तै हिमालयन डिस्टिलरीको ५ अर्ब र लुम्बिनी जनरल इन्योरेन्सको ४ अर्ब माथिको सेयर कारोबार भयो। आज २६ कम्पनीको मूल्य बढ्दा १८६ कम्पनीको मूल्य घट्यो भने बाँकी ६ को मूल्य स्थिर रह्यो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images