images
images
  • आत्मनिर्भर लघुवित्तको आईपीओ बाँडफाँट

    काठमाडौं- आत्मनिर्भर लघुवित्तको प्राथमिक निष्काशन (आईपीओ) बाँडफाँट भएको छ। लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।

    लघुवित्तले सर्वसाधारणका लागि फागुन ११ गतेदेखि १५ गतेसम्म प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ लाख ६९ हजार ७६५ कित्ता साधारण सेयर निष्काशन गरेको थियो।

    सो सेयरमा कुल १५ लाख ३८ हजार ४६६ जनाले आवेदन दिएका थिए। जसमध्ये १५ लाख ३६ हजार २६३ आवेदन स्वीकृत भएको छ भने २ हजार २०३ आवेदन रद्द भएको छ।

    मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमद्वारा न्यूनतम १० कित्ताका दरले लघुवित्तको आईपीओ बाँडफाँट गरिएको हो। जसअनुसार १६ हजार ९७६ जनाले १० कित्ताका दरले लघुवित्तको सेयर प्राप्त गरेका छन्।

    जसमध्ये भाग्यमानी ५ जनाले भने लघुवित्तको थप १ कित्ता अर्थात कुल ११ कित्ता सेयर प्राप्त गरेका छन्।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images