काठमाडौं- आइतबार सुन र चाँदीको मूल्य बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघकाअुनसार आज सुनको मूल्य तोलामा एक हजार ७०० रुपैयाँले बढेको हो ।
आज छापावाल सुनको खरिद बिक्री मूल्य १ लाख ३ हजार ५००, तेजावी सुनको मूल्य एक लाख तीन हजार र चाँदीको मूल्य एक हजार २४५ रुपैयाँ कायम भएको छ ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १ हजार ३०० रुपैयाँ कायम थियो ।
यस्तै चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















