images
images
  • नेप्से १४.४१ अंकले बृद्धि, १ अर्ब २० करोडको कारोबार

    काठमाडौं- मंगलबार सेयर बजारमा दोहोरो अंकले वृद्धि भएको छ।

    आज सेयर कारोबार मापक नेप्से परिसूचक १४.४१ अंकले बढेर १९५२.६६ विन्दुमा पुगेको छ।

    यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.५३ अङ्कले घटेर ३७०.२४ मा पुगेको छ।

    मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६१ कम्पनीको ४० लाख ५९ हजार १४९ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २० करोड ४४ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

    त्यस्तै, कारोबारको आधारमा साल्ट ट्रेडिङ शीर्ष स्थानमा छ। यसको १२ करोड ७ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा हिमालय डिष्टिलरीको ९ करोड ३९ लाखभन्दा बढीको कारोबार भएको छ। यसैगरी तेश्रो स्थानमा छिमेकि लघुवित्त वित्तिय संस्थाको ५ करोड ४५ लाख बढिको कारोबार भएको छ ।

    मंगलबार १३ उपसुचकहरु मध्ये निर्माण र प्रशोधन र म्युचुअल फण्ड बाहेक सबैको कारोबार रकम बढेको छ।

    आजको कारोबारमा सुभम पावरको १० प्रतिशतले सेयर मूल्य बढेको छ। यस कम्पनीको लगानीकर्ताले अत्याधिक कमाएका छन् भने सुपर मादी हाइड्रो पावरको ९.९७ प्रतिशत र सिद्धार्थ लगानी वृद्धि आयोजनाको ८.०२ प्रतिशतले वृद्धि भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images