काठमाडौं- “पूर्वमा अर्को एउटा मेडिकल कलेज खुल्ने भयो। आउँदो वर्षदेखि पठनपाठन पनि हुने भयो”– खुसीको कुरा हो। तर पूर्वमा ४ वटा मेडिकल कलेज बन्दा सुदूरपश्चिममा चाहिँ बन्न लागेको मेडिकल कलेजलाई पनि बेवास्ता गर्ने देउवा बाका नीतिलाई सुदूर पश्चिमका जनताले देखेका छन्।
केही दिनअघि प्रचण्डले ठूलो कुरा गरेछन्- “सुदूर पश्चिमको गेटामा बन्न लागेको पूर्वाधारमा दशरथ चन्द चिकित्सा प्रतिष्ठान बनाउने।” पहिले पहिले बनाएका चिकित्सा प्रतिष्ठानको नै दुर्गति छ, चलाउन स्रोत छैन। अनि अर्को चिकित्सा प्रतिष्ठानको ठूलो कुरा किन गर्नुप¥यो प्रचण्डले ? सजिलोसँग हुने काम छाडेर बन्न लागेको मेडिकल कलेजलाई प्रतिष्ठान बनाउने नाम कहिलेसम्म तन्काउने “पेट दुखे पिलिभित, टाउको दुखे पलिया” भन्ने चलन रहेछ सुदूरपश्चिममा। पिलिभित र पलिया भारतका सहरहरू नेपालसँग जोडिएका हुन।
सुदूर पश्चिमका जनताले आफ्नो भूमिमा टाउको दुखेको र पेट दुखेको उपचार पनि पाउन सक्दैनन्। सुदूरपश्चिमका जनतालाई भोक, रोग, गरिबीको कहर छ, त्यसमाथि भारतमा गएर उपचार गर्दा के होला ?


विश्व खबर 


















