काठमाडौं- सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला ३ सय रुपैयाँले बढेको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख २ हजार ५सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ लाख २ हजार ८ सय रुपैयाँ तोकिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ३ सय रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन १ लाख २ हजार रुपैयाँ थियो।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले बढेर १ हजार दुई सय ७५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















