images
images
  • नेपाली चिया अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अब्बल, पायो ‘ग्रान्ड गोल्ड मेडल’

    काठमाडौं- नेपालका चिया बगानमा उत्पादन भएको अर्गानिक चिया अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अब्बल ठहरिएको छ।

    चीनको टी मार्केटिङ एसोसिएसनले आयोजना गरेको चियाको गुणस्तर मूल्यांकनसम्बन्धी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको चियाले ‘ग्रान्ड गोल्ड मेडल’ प्राप्त गरेको छ ।

    चीन, भारत, श्रीलंका, केन्यालगायत मुलुकमा उत्पादन भएका चियाका सयौं नमुना प्रतिस्पर्धामा सहभागी थिए ।

    प्रतिस्पर्धाबाट इलामको तीनजुरे किसान सहकारी संस्थाले उत्पादन गरेको चियाले ‘ग्रान्ड गोल्ड मेडल’ प्राप्त गरेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ ।

    नेपाली चिया अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट गुणस्तरको ठहरिएपछि ग्राण्ड गोल्ड मेडल प्राप्त भएको बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद भट्टाईले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images