images
images
  • नेप्से २६.४८ अंकले घट्यो, १ अर्ब ३४ करोडको कारोबार

    कठमाडौं- सातको अन्तिम कारोबार दिन पनि सेयर बजारमा घट्न क्रमले निरन्तरता पाएको छ ।

    आज (विहीबार) नेप्से परिसूचक २६.४८ अंकले घटेर १९६९ विन्दुमा पुगेको छ ।

    यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.८१ अंकले घटेर ३७३.५६ विन्दुमा पेगेको छ ।

    यसैगरी, २५६ कम्पनीको ३६ लाख ५७ हजार १५४ कित्ता सेयरको कारोबार हुँदा १ अर्ब ३३ करोड ६३ लाख रुपैयाँभन्दा बढी रुपैयाँको भएको छ ।

    त्यस्तै कारोबारको आधारमा सबैभन्दा धेरै हिमालय डिस्टिलरी कम्पनीको ८ करोड १२ लाख रुपैयाँको सेयर किनबेच भएको हो।

    बुद्धभूमि नेपाल हाइड्रोपावर र युनिक नेपाल लघुवित्तको सेयर ४ प्रतिशतले बढेको छ ।

    आज सबै उपसमूहहरुको सेयर घटेर बजार राताम्मै भएका छ । सबैभन्दा धेरै माइक्रोफाइनान्स र ट्रेडिङ कम्पनीको २ प्रतिशतले सेयर करोबार घटेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images