images
images
  • सुर्नया र पाटनका युवाले सञ्चालन गरे एम्बुलेन्स


    सुर्नया गाउँपालिका र पाटन नगरपालिकाका युवाले आकस्मिक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएका छन् । कोरोना भाइरसका बिरामी र अन्य बिरामीलाई महामारीको समयमा अस्पताल पु¥याउन सहज होस् भनेर आकस्मिक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको जनाएका छन् । सुर्नयामा पाताल भूमेश्वर युवा जागरण मञ्च (प्रवास) र नेचुरल अर्गनाइजेशनले संयुक्तरुपमा आकस्मिक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएका हुन् । गाउँपालिकामा एम्बुलेन्स नहुँदा गाउँपालिकावासीलाई समस्या भएकाले महामारीको समयमा बिरामीलाई अस्पताल पु¥याउन आकस्मिक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको पाताल भूमेश्वर युवा जागरण मञ्च (प्रवास)का उपाध्यक्ष वीरबहादुर विष्टले जानकारी दिनुभयो । समस्यामा परेका सुर्नयाका नागरिकलाई सहयोग पु¥याउनका लागि आफूहरुले सो अभियान सञ्चालन गरेको नेचुरल अर्गनाइजेशनका अध्यक्ष धनबहादुर विष्टले जानकारी दिनुभयो । अहिलेको समयमा धेरै नागरिक समस्या रहेकाले उनीहरुलाई सहयोग पु¥याउनका लागि प्रयास गरिएको जनाइएको छ । यस्तै पाटनका दुई युवाले पनि कोरोना सङ्क्रमित बोक्नका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेका छन् । नेकपा (एमाले)का जिल्ला कमिटी सचिवालय सदस्य लोकेन्द्र भण्डारी र युवा सङ्घका जिल्ला सदस्य भुवन जोशीले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेका हुन् । आर्थिक अभावमा अस्पताल जान समस्या नपरोस् भनेर उहाँहरु दुवै जनाले जिप भाडामा लिएर महामारी नियन्त्रण नहुँदासम्मका लागि सेवा सञ्चालन गरेका हुन् । अहिले कोरोना भाइसको सङ्क्रमण दिन प्रतिदिन फैलिइरहेकाले त्यसको रोकथाम र नियन्त्रणका लागि एम्बुलेन्स सेवा सञ्चालन गरेको नेकपा (एमाले)का जिल्ला कमिटी सचिवालय सदस्य भण्डारीले बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images