images
images
  • प्रदेश १ को प्रस्तावित नाम ‘कोशी’ बहुमतले स्वीकृत

    विराटनगर- प्रदेश नम्बर–१ को नामकरणका निम्ति प्रदेशसभा सचिवालयमा दर्ता गरिएको ‘कोशी’ सम्बन्धी प्रस्ताव प्रदेशसभाको बहुमतले स्वीकृत भएको छ ।

    नामकरणका निम्ति प्रदेशसभामा नेकपा एमाले र नेपाली कांग्रेसले दर्ता गराएको ‘कोशी’ नामको प्रस्ताव भने स्वीकृत भएको हो।

    नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले दर्ता गराएको ‘किराँत-लिम्बुवान-सगरमाथा’ नामको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ।

    नेकपा एसका सांसद तथा तत्कालिन मुख्यमन्त्री राजेन्द्रकुमार राई प्रस्तावक रहेको उक्त प्रस्ताव जसपाकी सांसद तथा मन्त्री निर्मला लिम्बुको समर्थनमा दर्ता गराइएको थियो। तर बुधबार बसेको प्रदेशसभा बैठकमा सो नामको प्रस्ताव बहुमतले अस्वीकृत भएको हो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images