देश १ को नाम ‘कोसी’ राख्न बुधबार प्रस्ताव दर्ता गरिएको छ। नेकपा (एमाले) र नेपाली काँग्रेसका सांसद मिलेर प्रदेशको नाम सम्बन्धी प्रस्ताव दर्ता गराएका हुन्।
संसद् सचिवालयका अनुसार एमाले सांसद राम रानामगर प्रस्तावक र काँग्रेस सांसद भूमिप्रसाद राजवंशी समर्थक रहेको प्रस्ताव दर्ता भएको छ।
प्रदेश १ को नाम ‘कोसी’ राख्ने सम्बन्धी प्रस्तावमा भनिएको छ, ‘संविधानको धारा २९५ को उपधारा २ तथा प्रदेश १ प्रदेश सभा (पहिलो संशोधन) नियमावली, २०७५ को परिच्छेद १०, नियम ५८ को उपनियम (ख) १ सँग २९५ को उपधारा (२) बमोजिमको यस प्रदेशको नामकरण तपसिलमा उल्लेखित नाम कायम गरियोस्।’

आज बस्ने प्रदेशसभाको बैठकमा प्रदेशको नामकरण गर्ने प्रस्ताव पेस हुने सम्भावना रहेको छ । त्यसका लागि आजै कार्यव्यवस्था परामर्श मितिको बैठकसमेत बस्ने जनाइएको छ ।
यसअघि माओवादी पहिचानका आधारमा राखिनुपर्न अडानमा थियो ।
त्यस्तै नेपाली काँग्रेसले पनि स्पष्ट नाम बताउन सकेको थिएन । तर पछिल्लो समय एमालेको प्रस्तावमा काँग्रेसले समर्थन प्रदेशको नाम कोसी हुने भएको दलहरुले बताएका छन् ।
प्रदेश– १ मा ९३ सांसद छन् । प्रदेशसभामा नाम पारित गर्न दुई तिहाइ बहुमत चाहिन्छ । जुन नेकपा एमाले र काँग्रेस एक भए दुई तिहाइ बहुमत पुग्छ ।
एमाले र काँग्रेसको सहमतिमा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीले भने फरक मत राखेका छन् ।
दलहरुबीच सहमति भए आजै प्रदेशसभामा नामको प्रस्ताब टेबल हुने एमाले नेताहरुले बताएका छन् ।
प्रदेशको नामकरण गर्न आजै दिउसो १ बजे प्रदेश सभा बैठक बोलाइएको छ।






















