२९ जेष्ठ २०७८, शनिबार   |  June 12, 2021
advertisement of bishwo khabr
Tika Gurung

बोदेबर्साइन नगरपालिकालाई सहयोग

a


ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले सप्तरीको बोदेबर्साइन नगरपालिकालाई आर्थिक सहयोग गरेको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले बोदेबर्साइन नगरपालिकालाई रु २५ हजारको चेक बिहीबार हस्तान्तरण गरिएको छ । उक्त संस्थाका बोदेबर्साइन कार्यालाय प्रमुख योगेन्द्रप्रसाद यादवले नगरपालिकाका प्रशासनिक प्रमुख घनश्याम यादवलाई चेक हस्तान्तरण गर्नुभयो । संस्थाले यसअघि पनि कोरोना महामारीमा अग्रपङ्क्तिमा रहेर काम गरिरहेका सुरक्षाकर्मीसमेतलाई स्वास्थ्य समग्री वितरण गरेको थियो । पोखरामा केन्द्रीय कार्यालय रहेको ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले नेपालका सबै जिल्लामा समुदायमा आधारित लघुवित्त कार्यक्रम सञ्चालन गर्दै आएको छ । संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

175947743 636850780512448 4985046120171052420 n