काठमाडौं- नेपाल एयरलाइन्सको वेबसाइटबाट टिकट बुक गर्दा ‘आइएमई पे’मार्फत भुक्तानी गर्न मिल्ने भएको छ।
जसका लागि नेपाल एयरलाइन्स र आइएमई पेबीच सम्झौता भएको छ।नेपाल एयरलाइन्सको वेबसाइटमा गएर आवश्यकता अनुसारको गन्तव्य र मिति छानोट गर्न सकिन्छ।
त्यसमा मागिएको विवरण भरेर चेकआउट गर्ने क्रममा आइएमई पे छनोट गरी सजिलै भुक्तानी गर्न सकिने आइएमई पेले जनाएको छ।
ग्राहकहरुलाई भुक्तानी प्रक्रिया सहज पार्न र विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सम्झौता गरिएको कम्पनीको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















