images
images
  • सेयर बजारमा सामान्य गिरावट, कारोबार रकम १ अर्ब ३८ करोड

    काठमाडौं- मंगलबार सेयर बजारमा सामान्य गिरावट आएको छ। साताको तेस्रो कारोबार दिन आज नेप्से परिसूचक ३.६१ अंकले घटेर २०१९.९३ विन्‍दुमा अडिएको छ। आज सेन्सेटिभ इण्डेक्स १.०७ अंकले घटेर ३८१.९४ विन्दुमा पुगेको छ।

    मंगलबार १ अर्ब ३८ करोड ७८ लाख रुपैयाँको कारोबार भएको छ

    अघिल्लो कारोबार दिन सोमबार नेप्से परिसूचक ३.६५ अंकले घटेको थियो। सो दिन १ अर्ब ८९ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। नेप्से परिसूचक ओरालो लागेसँगै कारोबार रकम पनि सोमबारको तुलनामा घटेको छ।

    यसदिन २६२ कम्पनीको ३९ लाख ४६ हजार २४ कित्ता सेयर १ अर्ब ३८ करोडमा खरिदबिक्री भयो । नेप्से घटे पनि ३ कम्पनीको मूल्यमा भने सकारात्मक सर्किट लाग्यो।

    आँधिखोला लघुवित्त वित्तीय,आदर्श लघुवित्त वित्तीय र खप्तड लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको हो। कारोबार रकमका आधारमा युनिभर्सल पावर शीर्षस्थानमा रह्यो।

    सो कम्पनीको ७ करोड ५५ लाख ११ हजार ५८४ रुपैयाँको सेयर कारोबार भयो। कारोबारमा आएका १३ उपसमूहमध्ये ९ को मूल्य घट्यो भने ४ को मात्रै बढ्यो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images