images
images
  • १४ निर्माण कम्पनीलाई कालोसूचीमा राख्न स्पष्टीकरण माग

    काठमाडौं-१४ कम्पनीलाई कालोसूचीमा राख्न स्पष्टीकरण माग गरिएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले व्यवसायी तथा आपूर्तीकर्ताहरूलाई किन कालोसूचीमा नराख्ने भन्दै सूचना जारी गरेको हो ।

    सरकारी ठेक्कामा सहभागी भई काम अपलत्र पार्ने कम्पनीलाई सम्बन्धित निकायले कालोसूचीमा राख्न सिफारिस गरेका १५ कम्पनीको नाम सार्वजनिक गरेको हो।

    अहमद मियाको अहमद हुसेन कन्स्ट्रक्सन, वंसिधर गुप्ताको गुप्ता निर्माण सेवा दाङ, नविन खनालको केपी कन्स्ट्रक्सन अर्घाखाँची, प्रमिला थापा ओम शान्ति निर्माण सेवालाई लिखित स्पष्टीकरण माग गरेको छ।

    त्यस्तै, गिताञ्जली निर्माण र खुसी निर्माण सेवा, कमोद कन्स्ट्रक्सन प्रालि, गौत ऋषि कन्स्ट्रक्सन, फैसल एन्ड अफजल कन्स्ट्रक्सन, सम्बुद्ध सप्लायर्स, चन्दन एन्ड हरिओम कन्स्ट्रक्सन सप्लायर्सलाई स्पष्टिकरण सोधेको छ।

    कार्की किचन, सर्जिकोम डिस्ट्रिब्युटर्स, सुरज जेनरल अर्डर सप्लायर्स र फेव नेपाल प्रालिलाई किन कारबाही नगर्ने भनी स्पष्टिकरण माग गरेको हो।

    स्पष्टिकरण सोधिएका कम्पनीले ७ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न सूचनामा उल्लेख गरिएको छ।

    suchi blak list

     

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images