images
images
  • प्रिमियर र सिद्धार्थ इन्स्योरेन्सको एकीकृत कारोबार १७ फागुनबाट

    काठमाडौं- प्रिमियर इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्स कम्पनीले फागुन १७ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन्।

    यी दुई कम्पनी एक आपसमा मर्ज भई फागुन १७ गतेबाट सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नाममा एकीकृत कारोबार गर्ने घोषणा गरेका छन्।

    संयुक्त मर्जर समितिको फागुन ११ गते बसेको बैठकले फागुन १७ गतेबाट एकीकृत कारोबार गर्ने निर्णय गरेको हो। यी दुवै कम्पनीको पुस २९ गते सम्पन्न साधारण सभाले मर्जर प्रस्ताव पारित गरेको थियो।

    त्यस्तै, यी कम्पनीलाई बीमा प्राधिकरणले माघ १६ गते र नेपाल धितोपत्र बोर्डले माघ २४ गते तथा कम्पनी रजिष्ट्रार कार्यालयले फागुन ८ गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो ।

    हाल सिद्धार्थ इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ४० करोड ३९ लाख रुपैयाँ रहेको छ। त्यसैगरी प्रिमियर इन्स्योरेन्सको पुँजी १ अर्ब ४० करोड २६ करोड रुपैयाँ रहेको छ।  मर्ज पश्चात बन्ने बैंकको चुक्ता पुँजी २ अर्ब ८९ करोड रुपैयाँ पुग्नेछ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images