images
images
  • सुन-चाँदीको मुल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

    काठमाडौ- नेपाली बजारमा सुनचाँदीको मूल्य सोमबार घटेको छ ।

    सोमबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख १ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    आइतबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ घटेको थियो । आइतबार छापावाल सुन प्रतितोला १ लाख २ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।

    यसैगरी, सोमबार तेजाबी सुन प्रतितोला १ लाख १ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार तेजाबी सुन प्रतितोला १ लाख १ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ । आइतबारको तुलनामा सोमबार चाँदी प्रतितोला ५ रुपैयाँ घटेको हो । सोमबार चाँदी प्रतितोला १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    इतबार चाँदी प्रतितोला १२ सय ६० रुपैयाँमा किनबेच भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images