images
images
  • प्रतितोला ५ सयले घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

    काठमाडौैं- नेपाली बजारमा सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला ५ सय रुपैयाँले घटेको छ ।

    बुधबार प्रतितोला रु एक लाख तीन हजारमा कारोबार भएको सुनको मूल्य आज रु १ लाख दुई हजार पाँच सय तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    त्यसैगरी तेजाबी सुनको मूल्य पनि प्रतितोला ५ सय रुपैयाँले घटेर रु एक लाख दुई हजारमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार दुई सय ८५ मा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images