images
images
  • उपत्यकाभित्र माघमा मात्रै ४ हजार घरजग्गा किनबेच, ७ हजार कित्ताकाट, कति उठ्यो राजश्व ?

    काठमाडौं- संघीय राजधानी काठमाडौं उपत्यकामा माघ महिनामा चार हजार १९५ घरजग्गा किनबेच भएका छन् । एक महिनामा तीन जिल्लाका नौवटा मालपोत कार्यालयबाट ६ हजार ९४७ कित्ताकाट भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक छ ।

    नौवटा मालपोत काार्यालयबाट रजिष्ट्रेशन दस्तुर, पुँजीगत लाभकर, सेवा शुल्क लगायत विभिन्न शिर्षकमा एक अर्ब ३५ करोड ७१ लाख रुपैयाँ राजश्व उठेको छ ।

    एक महिनामा ललितपुरको लगनखेल मालपोतबाट ९८२ घरजग्गा किनबेच भएका छन् भने १९ सय ७५ कित्ताकाट र ३२ करोड ५२ लाख रुपैयाँ राजश्व उठेको छ ।

    ललितपुरकै गोटीखेल मालपोतबाट २३ घरजग्गा किनबेच, १६ कित्ताकाट र तीन लाख राजश्व उठेको छ ।

    यस्तै, भक्तपुर मालपोत कार्यालयबाट एक हजार घरजग्गा किनबेच हुँदा १८ सय ८४ कित्ताकाट र २३ करोड ३२ लाख रुपैयाँराजश्व उठेको छ ।

    काठमाडौंको डिल्लीबजार मालपोतबाट १८९ घरजग्गा किनबेच, १८४ कित्ताकाट र २१ करोड ७१ लाख रुपैयाँ राजश्व उठेको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।

    चावाहिलबाट ४४४ घरजग्गा किनबेच, ४४० कित्ताकाट १९ करोड २० लाख राजश्व उठेको छ । यस्तै, कलंकीबाट ७२० घरजग्गा किनबेच हुँदा ११ सय २८ कित्ताकाट र २० करोड १३ लाख रुपैयाँ राजश्व उठेको छ ।

    साँखुमा ४१८ घरजग्गा किनबेच भएका छन भने ७९९ कित्ताकाट र ६ करोड ५७ लाख रुपैयाँ राजश्व उठेको छ । मनमैंजूबाट २७५ घरजग्गा किनबेच, ४२४ कित्ताकाट र ७ करोड ३३ लाख रुपैयाँ राजश्व उठेको छ ।

    टोखा मालपोतबाट १४४ घरजग्गा किनबेच, ९७ कित्ताकाट र ४ करोड ९० लाख रुपैयाँ राजश्व उठेको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images