images
images
  • नेशनल लाइफ इन्स्योरेन्स ३६औं वर्षमा प्रवेश

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ३५ वर्ष पूरा गरी ३६औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले आफ्नो ३६ औं वार्षिक उत्सव विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाएको छ ।

    कम्पनीको काठमाडौंस्थित केन्द्रीय कार्यालय लाजिम्पाटमा विशेष रक्तदान कार्यक्रम संचालन गरिएको छ जस्मा ५० भन्दा बढी कम्पनी कर्मचारीहरुको सहभागिता रहेको थियो ।

    देशभरमा ३४ वटा बाल तथा वृद्धाश्रमहरुमा खाना खुवाउने कार्य समेत भएको कम्पनीले जनाएको छ । यसै गरी कर्मचारीहरु माझ विभिन्न खेलकुद कार्यक्रम समेत सञ्चालन गरिएको छ ।

    संस्थापक समूह र सर्वसाधारण समूहको ५५ः४५ को अनुपात रहेको यस कम्पनीले आर्थिक वर्ष २०७७र७८ को मुनाफावाट कम्पनीले सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि नगद लाभांश पारित गरी साधारण सभा समेत सम्पन्न भइसकेको कम्पनीले जनाएको छ ।

    कम्पनीको जीवन बीमा कोषमा ५६ अर्ब रुपैयाँको हाराहरीमा रकम जम्मा भएको छ । आर्थिक वर्ष २०७७/७८ बोनस सेयर वितरण पछि कम्पनीको चुक्ता पूँजी ४ अर्ब ६४ करोड रुपैयाँ रहेको छ । आव २०७७र७८ को बीमांकीय मूल्यांकन पश्चात बीमितलाई न्यूनतम प्रति हजार ६३ रुपैयाँदेखि अधिकतम् प्रति हजार ८५ रुपैयाँसम्म प्रदान गरेको कम्पनीले जनाएको छ ।

    चालु वर्षमा शाखा कार्यालय नेपालगंजमा आफ्नो भवन निर्माण गर्ने कार्य सुरु गरिसकेको कम्पनीले बताएको छ । ११७ शाखा कार्यालय संख्या र ४६० कर्मचारी संख्या रहेको यस कम्पनीमा १ लाख भन्दा बढी अभिकर्ता कार्यरत रहेका छन् ।

    कम्पनीका अनुसार स्थापनाकालदेखि २०७९ साल पुस मसान्तसम्म कुल बीमाशुल्क आम्दानी ८५ अरब १ करोड रुपैयाँ आर्जन गरेको छ भने कूल ३८ लाख ६० हजार बीमालेख जारी गरेको छ । कूल २९ अरब ६० करोड रुपैयाँ बराबर बीमा दावी भुक्तानी गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images