काठमाडौं- स्सेयर बजारमा दोहोरो अंकले सुधार आएको छ। नेप्से परिसूचक ३३.५७ अंकले बढेर २०८०.३८ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ४.८१ अंकले बढेर ३९६.३४ विन्दुमा अडिएको छ।
आज २६९ कम्पनीको ४७ लाख ७९ हजार ७९६ कित्ता सेयर १ अर्ब ८० करोड ३२ लाख ८२ हजार १८० रूपैयाँको सेयर कारोबार भयो।
यसदिन कुनै पनि कम्पनीको मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार नभए पनि दुई कम्पनीको मूल्य ९ प्रतिशत बढि र १ को ९ प्रतिशतले बढेको छ
लिबर्टी इनर्जी र चन्द्रागिरी हाइड्रो पावरको सेयर मूल्य ९ प्रतिशत बढिले बढ्दा दोर्धी खोला जल विद्युतको सेयर मूल्य ९ प्रतिशतले बढेको हो।
यसदिन कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी शीर्षस्थानमा रह्यो। सो कम्पनीको १३ करोड २७ लाख बढिको सेयर कारोबार भयो।
यसैगरी जीवन विकास लघुवित्त वित्तीयको ४ करोड ९२ लाख र ग्लोबल आईएमई बैंकको ४ करोड ६१ लाख मूल्यको सेयर कारोबार भयो।
यसदिन कारोबारमा आएका १३ उपसमूहमध्ये १० उपसमूहको मूल्य बढ्यो भने ३ को घट्यो।
होटल्स एण्ड टुरिजम र हाइड्रो पावरको ३ प्रतिशत बढिले मूल्य बढ्दा डेभलपमेन्ट बैंक,फाइनान्स र नन लाइफ इन्स्योरेन्सको मूल्य २ प्रतिशत बढिले बढ्यो।
माइक्रोफाइनान्स,म्युचुअल फन्ड ट्रेडिङ उपसमूहको सूचक १ प्रतिशतसम्म घट्यो।


विश्व खबर 



















