images
images
  • सनराइज बैङ्कका ग्राहकले अब विदेशबाटै बैङ्किङ कारोबार गर्न पाउने, यस्ता छन् फाइदा

    कठमाडौं- विदेशमा रहेका नेपालीहरुका लागि लक्षित गरेर सनराइज बैङ्कले विदेशबाटै बैङ्किङ कारोबार गर्न सक्ने सुविधा ल्याएको छ । बैङ्कले अन्तर्राष्ट्रिय नम्बरहरुमा पनि ओटीपी कोड जाने सुविधा ल्याएको हो ।

    यो सुविधासँगै अब विदेशमै बसी आफ्नो विदेशी मोबाइल नम्बरबाट सनराइज स्मार्ट प्लस एक्टिभ गरेर स्वदेशमा डिजिटल कारोबार गर्न सकिन्छ । यस किसिमका सुविधा सीमित बैङ्कहरुसँग मात्रै छ । विदेश जाने नागरिकले सहजरूपमा मोबाइल बैङ्किङ प्रयोग गर्न, आफैले आफ्नो आर्थिक कारोबार नियन्त्रण गर्न र आफ्नो बचत खाता, मुद्धती खाताबारे जानकारी विदेशबाट नै लिन सकून् भनेर यो सुविधा ल्याएको बैङ्कले जनाएको छ ।

    विदेशमा मोबाइल नम्बर परिवर्तन गरेको खण्डमा वा नयाँ डिभाइस हुँदा रि–रजिष्ट्रेसन गर्नुपर्ने हुन्छ । रजिष्ट्रेसन लगइन गर्दा ओटीपी कोड चाहिन्छ । नेपालमा मोबाइल बैङ्किङ रजिष्ट्रेसन गरेर गइसकेपछि उसको ओटीपी नेपाली नम्बरमै आउँछ । तर, त्यो सिम इन याक्टिभ हुन्छ । यो समस्याले गर्दा विदेशमा मानिसहरुले मोबाइल बैङ्किङ चलाउन सकिरहेका हुँदैनन् । यही कुरालाई सहज होस् भनेर सनराइज बैङ्कले विदेशी नम्बरमा पनि ओटीपी जाने सिष्टम ल्याएको हो ।

    कसरी लिने सुविधा
    विदेशमा रहेका नेपालीले अबचम२कगलचष्कभदबलप।अयm।लउ मा लिखित निवेदन दिनुपर्ने हुन्छ । त्यहाँ आफू विदेश आएको र नम्बर परिवर्तन गरी यो नम्बर राखिपाऊँ भन्ने व्यहोराको निवेदन दस्तखतसहित बुझाउनुपर्छ । त्यसपछि बैङ्कले सिष्टममा विदेशी नम्बर रजिष्टर गरिदिन्छ । आफू रहेकै मुलुकबाट मोबाइल बैङ्किङ याक्टिभेट गर्न सकिन्छ । त्यसपछि मोबाइल बैङ्किङका सबै फिचरहरु चलाउन सकिन्छ ।

    यसले विदेशमा भए पनि आफ्नो पैसाको नियन्त्रण आफैमा राख्न सकिन्छ । ब्याज कति आयो, कुन सेवा लिँदा बैङ्कले कति शुल्क काट्यो ? भन्नेलगायतका सम्पूर्ण जानकारी विदेश बसेर पनि लिन सकिन्छ । विदेशबाट दुःख गरेर पठाएको पैसा नेपाल पुग्यो कि पुगेन ? भनेर चिन्ता लिइरहनुपर्दैन । यसका साथै छोरोछोरीको विद्यालयको फी, बत्ती, पानीलगायतको बिल पनि विदेशबाटै तिर्न सकिन्छ ।

    ई–कमर्शमार्फत घरमा केही सामान खरिद गर्नुप¥यो भने पनि उतैबाट भुक्तानी गर्न सकिन्छ । यस्तै विदेशबाटै इच्छाएको रकम मुद्धती निक्षेपमा राख्न सकिन्छ, जसले गर्दा मुद्धती निक्षेबाट समेत आम्दानी गर्न सकिन्छ । सनराइज बैङ्कमा डिम्याट खाता खोलेर सीआरएन नम्बर लिङ्क गराएपछि विदेशबाटै आईपीओमा आवेदन दिन सकिन्छ ।

    sun

    यस्ता छन् बचत खातामा फाइदा
    सन्राइज बैङ्कले बचतकर्ताहरुको स्वास्थ्य तथा स्वास्थ्य सेवाको आवश्यकताप्रति सचेत रहँदै सनराइज स्वास्थ्य योजना प्लसअन्तर्गत सबै बचतकर्ताहरुलाई खाताहरुमा ५ लाखसम्मको दुर्घटना बीमा, १ लाखसम्मको स्वास्थ्य बीमा उपलब्ध गराउँदै आएको छ ।

    यस्तै, बैङ्कले भारत, सिङ्गापुर र थाइल्याण्डका अस्पतालहरुमा उपचार गर्दाको खर्चमा पनि दावी गर्न सकिने सुविधा दिँदै आएको छ ।

    बैङ्कले सन्राइज नारी बचत खातामा १ लाखको स्वास्थ्य बीमा, ५ लाखको दुर्घटना बीमा, १० लाखसम्मको प्रसूति खर्च र ५ लाखसम्मको घातक रोगको खर्च सुविधा उपलब्ध गराउँदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images