images
images
  • कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा गोविन्द गुरुङ नियुक्त

    काठमाडौं- कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा गोविन्द गुरुङ नियुक्त भएका छन्  ।

    बैंकको संचालक समितिले गुरुङलाई आगामी चार बर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो। गुरुङले यहि सोमबारदेखि पदभार सम्हाल्नेछन्।

    म्यानम्यारको म्यानम्यार सिटिजन्स बैंकमा प्रमुख कार्यकारीको भूमिका निर्वाह गरिरहेका गुरुङ एक महिना अगाडी मात्रै उक्त बैंकबाट राजिनामा दिएर नेपाल फर्किएका हुन्।

    उनी हिमालयन बैंकसँग मर्जर प्रक्रियामा रहेको सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत थिए। सिभिल बैंक छाडेर उनी म्यानमारको एक बैंकको प्रमुख कार्यकारी अधिकृत भएका थिए। त्यसपछि उनी कृषि विकास बैंकमा नियुक्त भएका हुन्।

    बैंकिंङ क्षेत्रले कृषि क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने र त्यसमा कृषि विकास बैंकले झनै ठुलो भूमिका निर्वाह गर्न सक्ने भएकाले आफुले कृषि विकास बैंक रोजेको गुरुङले बताए।

    “कृषि क्षेत्रमा धेरै काम गर्न बाँकी छ र त्यसका लागि कृषि विकास बैंकको ’प्ल्याटफर्म’ महत्त्वपूर्ण छ, कृषि क्षेत्रमा नेतृत्त्वदायी भूमिमा राखेर बैंकलाई थप प्रतिस्पर्धी र अनुशाशित बैंकको रुपमा चिनाउने पूर्ण प्रयास गर्नेछु“ नवनियुक्त सिईओ गुरुङले भने।

    बैंकको सीईओका लागि २२ जनाले खुला प्रतिस्पर्धात्मक प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि आवेदन दिएका थिए जसमध्ये ५ जनाको नाम सर्ट लिष्टिङमा परेका थिए ।

    सर्टलिष्टमा परेकाहरुको शनिबार अन्तर्वार्ता भएको थियो । उक्तअन्तर्वार्ताबाट गुरुङ छानिएका हुन् ।

    गुरुङले ४ वर्षको कार्यकाल सम्म यस बैंकको सिईओ पदमा बसेर काम गर्नेछन । उनलाई शैक्षिक योग्यता, अनुभव, उल्लेखनीय कार्य तथा व्यवसायिक कार्ययोजनाको मूल्याङ्कनका आधारमा गुरुङ छानिएका हुन् ।

    उनी हिमालयन, ग्लोबल, मेगा हुँदै सिभिल बैंक पुगेका थिए।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images