images
images
  • भारतबाट पेट्रोल र डिजेलको मूल्य घटेर आयो

    काठमाडौं- भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ ।

    बिहीबार इण्डियन आयल कर्पोरेशन (आइओसी)ले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १.९७ रुपैयाँ र डिजेलमा ६ रुपैयाँ ४० पैसा घटेर आएको छ ।

    प्रत्येक १५-१५ दिनमा आइओसीले नेपाल आयल निगमलाई नयाँ मूल्यसूची पठाउने गरेको छ । आइओसीले कहिले पेट्रोलिम पदार्थको मूल्य घटाएर पठाउँछ त कहिले बढाएर पठाउने गरेको छ ।

    अहिले नेपाली बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १७८ र डिजेलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ कायम छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images