images
images
  • प्रतितोला दुई सयले घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

    काठमाडौं- नेपाली बजारमा आज (मंगलबार) छापावाल सुनको मूल्य अघिल्लो  दिनका तुलनामा आज प्रतितोला रू २ सयले घटेको छ ।

    अघिल्लो दिन (सोमबार)) प्रतितोला रू १ लाख ४ हजारमा कारोबार भएको सुनको मूल्य आज रू १ लाख ३ हजार ८ सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रू १ लाख ३ हजार ३ सय छ ।

    यसको मूल्य अघिल्लो दिन रू १ लाख ३ हजार ५ सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रू १ हजार २ सय ९५ कायम रहेको महासङ्घले जनाएको छ ।

    महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images