काठमाडौं- उपप्रधानमन्त्री विष्णु पौडेलले यो वर्ष राजश्व संकलनको बृद्धिदर निकै कमजोर रहेको बताएका छन् ।
आइतबार प्रतिनिधिसभामा सम्बोधन गर्दै उनले यस वर्षको राजश्व संकलनको बृद्धिदर ५५ वर्ष यताकै कमजोर स्थितिमा रहेको बताएका हुन् । आर्थिक वर्ष २०२४/०२५ पछि यस वर्ष अघिल्लो वर्ष भन्दा कम राजश्व संकलन भएको उनले बताए ।
चालु आर्थिक वर्ष २०७९/८० को बजेट ल्याउँदा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले साउनदेखि पुस मसान्तसम्मको राजश् संकलनको लक्ष्य ६ खर्ब ५१ अर्ब ८२ करोड तोकेका थिए ।
तर, अर्थमन्त्री पौडेलले यो ६ महिनामा ४ खर्ब ९० अर्ब ४ करोड मात्र राजस्व संकलन भएको जानकारी दिए । यो अंक गत आर्थिक वर्षको यसै अवधिमा संकलन भएको राजश्भन्दा पनि १५ प्रतिशत कम हो ।
‘राजश्मा यस्तो खालको नकारात्मक वृद्धिदर आर्थिक वर्ष २०२४/०२५ पछि पहिलो पटक हुन पुगेको छ’ उनले भने ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















