images
images
  • नेप्सेमा उच्च गिरावट

    काठमाडौं- यो साताको पहिलो दिन सेयर बजार परिसूचक नेप्सेमा उच्च गिरावट आएको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछिको पहिलो कारोबार आइतबार बजार परिसूचक नेप्सेमा ६० दशकलव ८८ अंकको गिरावट आएको हो । जसअनुसार आईतबार २१२१ दशमलव ७५ अंकमा बजार बन्द भएको छ ।

    वित्त कम्पनी उपसूचकमा ४ दशमलव ७० प्रतिशतको गिरावट हुँदा उत्पादनमूलक र हाइड्रोपावर उपसूचक पनि ४ प्रतिशत भन्दा माथिले घटेको छ । घटेको बजारमा कारोबार रकम भने गत बिहीबारको भन्दा बढेको छ । आइतबार नेप्सेमा ३ अर्ब ४ करोड ७७ लाखको सेयर कारोबार भएको छ । जसमध्ये हिमालयन डिस्टिलरीको १४ करोड ३८ लाखको कारोबार हुँदा ङ्यादी ग्रुप पावरको ११ करोड २९ लाख र अपी पावरको ७ करोड ८० लाखको कारोबार भएको छ ।

    आइतबार नेप्सेमा कुल २१५ कम्पनीको सेयर कारोबार हुँदा २०७ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । नेप्सेमा करिब ३ प्रतिशतको गिरावट हुँदा पनि ८ कम्पनीको सेयरमूल्य भने बढेको छ । खप्तड लघुवित्तको सेयरमूल्य सर्वाधिक ४ दशमलव ४८ प्रतिशतले वृद्धि हुँदा सामलिङ पावर कम्पनीको ३ दशमलव ७३ प्रतिशत र सयपत्री हाइड्रोपावर कम्पनीको सेयरमूल्य २ दशमलव ९० प्रतिशतले वृद्धि भएको छ।

    यता ङ्यादी ग्रुप पावरको सेयरमूल्य ६ दशमलव ६० प्रतिशतले गिरावट हुँदा हिमालयन पावर पार्टनर कम्पनीको सेयरमूल्य ६ दशमलव ४४ प्रतिशत र खानीखोला हाइड्रोपावरको सेयरमूल्य ६ दशमलव २५ प्रतिशतले घटेको छ ।

    अघिल्लो साताको अन्तिम दिन शुक्रबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images